नारायणमा योजना प्रक्रिया र जनसहभागिता विषयक छलफल

दैलेख – दैलेखको नारायण नगरपालिकामा योजना निर्माण, बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामा नागरिक सहभागिता र पारदर्शिताबारे छलफल कार्यक्रम गरिएको छ । युनिसेफ र किडाकको सहकार्यमा आयोजित कार्यक्रममा योजना तर्जुमाका सात चरणबारे छलफल कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्रोत अनुमान, बजेट सीमा निर्धारणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया कति पारदर्शी र जवाफदेही छ भन्नेबारे समीक्षा गरिएको बताइएको छ ।
नीति अनुसार तेस्रो चरणमा नागरिक सहभागिता सुनिश्चित गर्नुपर्ने भए पनि व्यवहारमा त्यो कति प्रभावकारी छ भन्ने विषयमा सरोकारवालाबीच संवाद भएको थियो ।
सहजकर्ता बालकृष्ण चौधरी र नेत्र केसीले योजना छनोट, प्राथमिकता निर्धारण, बजेट स्वीकृति र कार्यान्वयनमा स्थानीय नागरिकको भूमिकाबारे जानकारी दिनुभएको थियो । उपमेयर तप्ताकुमारी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले सुशासन र पारदर्शिताका लागि नागरिक सहभागिता अनिवार्य हुने धारणा राखेका थिए।
प्रतिक्रिया