जुम्लामा परम्परागत अभ्यासबारे अभिमुखीकरण कार्यक्रम

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिका–४ स्थित तल्लो सुनार टोलमा हानिकारक परम्परागत अभ्यासहरूको पहिचान तथा रोकथामबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोसेक नेपालद्वारा संचालित बिहानी परियोजनाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा बालविवाह, छाउपडी, दाइजो प्रथा, र लिङ्ग पहिचानका आधारमा गरिने गर्भपतन जस्ता सामाजिक कुरीतिहरूबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा ३३ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सुरुमा आयोजक संस्था सोसेक नेपालको परिचय, त्यसपछि १०९८ को महत्त्व तथा टोल फ्री हेल्पलाइन नम्बरको प्रयोगबारे जानकारी प्रदान गरिएको बिहानी परियोजनाले जनाएको छ ।
अभिमुखीकरणमा सहभागी महिलाहरूलाई छाउपडी प्रथा, बालविवाह, लिङ्ग पहिचान गरी गरिने गर्भपतन जस्ता अभ्यासहरूले महिलाहरूको अधिकार, स्वास्थ्य र समाजमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराउँदै, यस्ता कुरीतिहरूको अन्त्यका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको थियो ।
प्रतिक्रिया