कर्णालीमा लागू भयो ‘एक दिन किताबविहीन’ जीवनोपयोगी शिक्षा कार्यक्रम

सुर्खेत – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि लागू गरेको ुजीवनोपयोगी शिक्षा कार्यक्रमु प्रभावकारी बन्दै गएको छ। ुएक दिन किताबविहीन शिक्षाु अवधारणासहित सुरु गरिएको यो कार्यक्रम हाल सुर्खेतका नौ विद्यालयमा पाइलट प्रोजेक्टको रूपमा कार्यान्वयनमा ल्याइएको हो।
प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार सुरु गरिएको जीवनोपयोगी शिक्षामार्फत विद्यार्थीलाई हप्तामा एक दिन व्यावहारिक सीप सिकाइने गरिएको छ। यसले विद्यार्थीमा व्यवहारिक ज्ञानको विकास हुनुका साथै जीवनसँग जोडिएका सीप सिक्न मद्दत गरेको शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निर्देशक दीपा हमालले जानकारी दिनुभयो।
कार्यक्रम अन्तर्गत कृषि, सूचना प्रविधि, वाइरिङ, प्लम्बिङ, कुकिङ, सिलाइ–बुनाइ लगायतका सीपहरू विद्यालयमै सिकाइँदै आएको छ। ूअबको शिक्षा सैद्धान्तिकभन्दा व्यावहारिक हुनुपर्छ भन्ने सोचका साथ यो कार्यक्रम सुरु गरेका हौँ,ू निर्देशक हमालले भनिन्, ूपाइलट कार्यक्रम सकारात्मक बन्दै गएको छ।ू
जीवनोपयोगी शिक्षा कार्यक्रम हाल वीरेन्द्रनगरका अमरज्योति मावि, जन मावि, भैरव मावि र जनसेवा मावि, भेरीगङ्गा नगरको शारदा मावि, लेकबेशी नगरको जीवनज्योति मावि दशरथपुर, पञ्चपुरी नगरको विद्याज्योति मावि, बराहाताल गाउँपालिकाको जनज्योति मावि र अपाङ्गता भएका विद्यार्थी अध्ययनरत सिद्ध बहिरा माविमा सञ्चालन गरिएको छ।
प्रदेश सरकारले कार्यक्रम विस्तारको तयारीसमेत थालेको छ। यसका लागि चालु वर्षमा रु ३५ लाख बजेट विनियोजन गरिएको निर्देशक हमालले बताउनुभयो। उहाँका अनुसार, आगामी वर्षहरूमा कार्यक्रमको दायरा प्रदेशभरका विद्यालयमा विस्तार गर्दै लैजाने योजना रहेको छ।
प्रतिक्रिया