संघ र प्रदेशबीच लागत साझेदारीमा खानेपानी आयोजना निर्माण हुँदै

संघ र प्रदेशबीच लागत साझेदारीमा खानेपानी आयोजना निर्माण हुँदै

 

काठमाडौँ - संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच सुर्खेतको वीरेन्द्रनगर र सल्यानको शारदा नगरपालिकामा निर्माणाधीन ठूला खानेपानी आयोजना निर्माणका लागि लागत साझेदारीको सम्झौता भएको छ।

संघीय खानेपानी मन्त्रालय र कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच मंगलबार सिंहदरबारमा भएको सम्झौतामा मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी र प्रदेश सचिव इन्द्रदेव भट्टले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौता अनुसार प्रदेश सरकारले आगामी चार वर्षमा ९४ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्नेछ। खानेपानी मन्त्री प्रदीप यादवले संघीयताको मर्मअनुसार तीन तहका सरकारबीच समन्वयमा आधारित यो मोडल उत्कृष्ट नमूना भएको बताउनुभयो । आयोजनाबाट खानेपानी सुशासन, संस्थागत क्षमता वृद्धि, जलवायु जोखिम न्यूनीकरण र आपतकालीन अवस्थाको व्यवस्थापनमा सहयोग पुग्ने बताइएको छ।

यो आयोजनाका लागि सन् २०२२ मा नेपाल सरकार र अन्तर्राष्ट्रिय विकास संस्था बीच वित्तीय सम्झौता भएको थियो, जसको अवधि सन् २०२८ सम्म हुनेछ।


 

प्रतिक्रिया