सर्वसाधारणका लागि सिंहदरबार खुला गर्नुपर्ने सांसद ज्वालाको माग

सर्वसाधारणका लागि सिंहदरबार खुला गर्नुपर्ने सांसद ज्वालाको माग

काठमाडौँ –   प्रतिनिधिसभाका सांसद प्रकाश ज्वालाले सर्वसाधारण नागरिकलाई सिंहदरबार प्रवेशमा सहज पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रहगर्नुभएको छ । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद ज्वालाले सिंहदरबार प्रवेशका लागि हाल आवश्यक पर्ने पास प्रणाली हटाएर सर्वसाधारणलाई सहज रूपमा मन्त्रालयसम्म पुग्न दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनप्रतिनिधिसँग नागरिकले प्रत्यक्ष रूपमा आफ्ना समस्या र मागहरू राख्न पाउनु लोकतान्त्रिक शासन प्रणालीको मूल आत्मा भएको उल्लेख गर्दै भन्नुभयो, ूसिंहदरबार जनताको घर हो, यो प्रवेश निषेधित क्षेत्र हुनुहुँदैन।ू

सांसद ज्वालाले मुलुक संघीयतामा गइसकेको सन्दर्भमा केन्द्र सरकारको पहुँच जनतासम्म पुग्नुपर्ने आवश्यकता औंल्याउँदै सबै नागरिकले अवरोधबिना सिंहदरबार छिर्न पाउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिक्रिया