म बन्ने यात्रा (कविता)

म बन्ने यात्रा (कविता)

- प्रतिक्षा शाही ठकुरी

कहिले म हिमाल जस्तो हुने होला -
अटल, चम्किलो, अनि शान्त,
आफ्नै मौनतामा गर्विलो,
उचाइमा एक्लो, तर गहिरो ।

कहिले म पहाड जस्तो हुने होला -
हिमालजति उच्च होइन,
तर गाम्भीर्यमा केही कम छैन,
म सानो सही, अहंकार छैन।

कहिले म खोला जस्तो हुने होला -
थुप्रै ठक्करहरू पिएर पनि,
न रोकिने, न फर्किने,
बस आफ्नै बाटो बगिरहने ।

कहिले म रूख जस्तो हुने होला -
नैपाल्ने, न गुनासो गर्ने,
आफ्नो छायाँ, फल र फुल दिइरहने,
‘अरूले के दिन्छरु’ भनेर कुर्न नपर्ने।

कहिले म आकाश जस्तो हुने होला -
हावा जति चर्को आए पनि थाम्न सक्ने,
घाम सँग पनि आँखा जुधाएर
नझुक्ने, नहल्लिने सामर्थ्य राख्ने।

कहिले म यी घाँसपात जस्ता हुने होला -
आफैँ मरेर, फेरि पलाउन सक्ने,
धेरैचोटि मिचिएर पनि
हरपल नयाँ जीवन पाउन सक्ने । 

आश्चर्यको यो जीवन -
अनगिन्ती इच्छा,
अथाह आकांक्षा,
कहिले सागरजस्तो गहिरो,
कहिले जूनजस्तो शान्त,
र म -
म तिनै सबै सकार हुने सपना देख्ने।

 

थप कविता पढ्न तल दिएको लिंकमा क्लिक गर्नुहोस

मेरि राजकुमारी

पर्खाइको रस

 

 

प्रतिक्रिया