अपाङ्गता भएका व्यक्तिहरूसँग १ दिने अभिमूखिकरण कार्यक्रम

अपाङ्गता भएका व्यक्तिहरूसँग १ दिने अभिमूखिकरण कार्यक्रम

दैलेख  –  गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका  अपाङ्गता भएका व्यक्तिहरूको संस्था र स्वाबलम्बी समूहका सदस्यहरूको लागि १ दिने स्थानीय तह सहभागितात्मक योजना तर्जुमा प्रक्रिया सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न  भएको छ  ।

 एभरेष्ट क्लब र सिबिएम नेपालको साझेदारीमा संचालित विकास परियोजना अन्तर्गत गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाका १४ वटा वडाका अपाङ्गता भएका व्यक्तिहरूको संस्था र स्वाबलम्बी समूहका सदस्यहरूको लागि १ दिने अभिमूखिकरण कार्यक्रम गरिएको हो  ।

कार्यक्रमको उद्देश्य स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु र समावेशी विकास योजनाको निर्माणमा सहयोग गर्नु रहेको एभ्रेष्ट क्लब दैलेखले जनाएको छ  । अभिमूखिकरण कार्यक्रम पश्चात अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय योजनामा सक्रिय रूपमा सहभागी गराउने दिशा तय गरिएको छ ।

समापन कार्यक्रममा सहभागीहरूले योजना तर्जुमा प्रक्रिया, बजेट वितरण र स्थानीय विकासमा अपाङ्गता भएका व्यक्तिहरूको भूमिका र योगदानको महत्वबारे जानकारी प्राप्त गरेको बताएका छन्  ।  कार्यक्रमले समावेशी विकासका लक्ष्यलाई पूरा गर्न र अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरणमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको एभ्रेष्ट क्लब दैलेखले जनाएको छ  ।

प्रतिक्रिया