दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा थापा निर्वाचित

दैलेख - दैलेख उद्योग बाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्रबहादुर थापा निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा ६१३ मत मध्ये ३३१ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रेम थापाले जानकारी दिनुभयो ।
उहाँका प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाउनुभएको थियो । बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको अन्तिम परिणाम अनुसार बाँकी १६ जना सदस्यहरु पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएको जानकारी दिनुभयो । नव निर्वाचित थापाले अमुल्य मत दिइ विजयी गराउने सम्पूण मतदातालाई धन्यवाद दिनु भएको छ ।
निर्वाचित सदस्यहरुमा कुमार प्याकुरेल, गगनबहादुर कार्की, ध्रुवविक्रम थापा, प्रकाश गहतराज, राधा पंगाली ज्ञवाली, रामबहादुर बिक, सन्तोष श्रेष्ठ, कविराज ठगुल्ला, भेषराज भण्डारी,ओमकार कोइराला, कालु सिंह बोगटी, गंगप्रसाद जैसी, पूण्यप्रसाद शर्मा, बिष्णुकुमारी जैसी, शंकर श्रेष्ठ र योगेन्द्रप्रसाद सिग्देल सदस्यमा निर्वाचित हुनु भएको छ ।
दुबै प्यानलका उम्मेदवारहरूले व्यवसायीक हित, नविन नेतृत्व र संघको सुधारको नाममा मत मागिरहनु भएको थियो ।
निर्वाचित थापा पहिले शिक्षण पेशाबाट सेवा निवृत भएदेखि अघिल्ला कार्यकालमा उद्योग बाणिज्य संघको सदस्य, महासचिव र बरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालि सक्नुभएको छ । निर्वाचित थापाले कोभिड -१९ यता व्यापारमा मन्दी छाएको बेला व्यापार अभिवृद्धिका ल्याउने प्रतिवद्धता जनाउनु भएको छ । संघको आगामी नेतृत्वले व्यवसायीहरूको हित, सहुलियतपूर्ण ऋण, बजार विस्तार, युवा उद्यमशीलता प्रोत्साहन, लगानी मैत्री वातावरण जस्ता मुद्दा उठाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया