बालबालिकामा लगानी गर्न 'बाललगानी दशक' घोषणा गर्न माग

बालबालिकामा लगानी गर्न 'बाललगानी दशक' घोषणा गर्न माग

काठमाडौँ –   प्रतिनिधिसभा सदस्य सीता कुमारी रानाले आगामी बजेटमा बालबालिका लक्षित लगानी बढाउन जोड दिँदै ‘बाललगानी दशक’ घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बजेट अधिवेशनमा बोल्दै सांसद रानाले राष्ट्रले सन् १९९० मै संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धिलाई बिना सर्त अनुमोदन गरिसकेको स्मरण गराउँदै भन्नुभयो, “३५ वर्षअघि हामीले अन्तर्राष्ट्रिय समुदाय सामु गरेका प्रतिवद्धताहरु अझै पनि पूर्ण रुपमा कार्यान्वयन भएका छैनन्, जुन सबैको सामु स्पष्ट छ।”

उहाँले बालमैत्री स्थानीय शासनको अवधारणाअनुसार विगत १३ वर्षयता काम भए पनि हालसम्म जम्मा २६ स्थानीय तह र करिब १ सय वडामात्र बालमैत्री घोषित हुन सकेको अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्पणी गर्नुभयो ।https://youtu.be/B0hBSOEAHvI?si=ZVe7bZrtyX_8_jyl

“सिंगो राष्ट्रलाई बालमैत्री बनाउने उद्देश्यले काम भइरहे पनि त्यसका लागि राज्यको लगानी न्यून छ,” उहाँले भन्नुभयो, “त्यसैले अबको बजेट बालमैत्री ढंगले तर्जुमा गर्दै राज्यले ‘बाललगानी दशक’ घोषणा गर्न जरुरी छ ।”

सांसद रानाले सरकारसँग बालबालिकाको हितमा स्पष्ट नीति, पर्याप्त बजेट र जिम्मेवार कार्यान्वयनको माग गर्दै, अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्न यही समय उपयुक्त रहेको बताउनुभयो ।

https://youtu.be/B0hBSOEAHvI?si=gFOhzRjey9GJFh36

प्रतिक्रिया