कार्यविधिअनुसार बजेट वितरण हुन्छ : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बजेट र योजना बाँडफाँडमा अब तजविजीको अभ्यास अन्त्य गरिने बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश समन्वय परिषद् बैठकमा मुख्यमन्त्री कँडेलले चालू आर्थिक वर्षदेखि आयोजना छनोट कार्यविधि लागू गरिएको जानकारी दिनुभयो ।
उहाँले अब बजेट प्रदेशसभाबाट पारित कार्यक्रमअनुसार मात्र वितरण हुने उल्लेख गर्दै कृषि, साना उद्योग र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिने बताउनुभयो । कर्णाली रोजगार कार्यक्रमलाई कृषि तथा आयआर्जनमा केन्द्रित गरिने उहाँले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री कँडेलले स्थानीय तहसँगको सहकार्यमा आयोजना छनोटको अभ्यास सुरु भएको बताउँदै जनप्रतिनिधिहरूलाई आम्दानी अभिवृद्धि र कार्यक्रमको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रतिक्रिया