कर्णाली नदिमा डुबेर १५ वर्षिय सावन बेपत्ता

कर्णाली नदिमा डुबेर १५ वर्षिय सावन बेपत्ता

दैलेख –  दैलेखको चामुण्डाबिन्द्रासैनी नगपालिका–९ दौसुरका १५ वर्षीय भूपेन्द्र सावनको आज दिउँसो कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका प्रहरीले जनाएको छ ।

मलामी गएको बेला कर्णाली नदीको लामादुवाला घाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन ।  अहिले सावनलाई पालतडा र तल्लोडुंगेश्वरबाट समेत प्रहरी परिचालन गरी खोजी चलिरहेको तर फेला नपरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले ज्वाला सन्देशलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया