चिनारी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

कालिकोट – कालिकोटको खाडाचक्र नगरपालिका–१ मा अवस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
खाडाचक्र नगरपालिकाको समन्वय एइआईएन लक्जेमबर्गको आर्थिक सहयोग तथा सोसेक नेपालद्वारा सञ्चालित आधार परियोजनाको सहजीकरणमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक पहुँच, गुणस्तर र प्रेरणामा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित सामग्री वितरण गरिएको आधार परियोजनाले जनाएको छ।
कार्यक्रममार्फत वितरण गरिएका शैक्षिक तथा सहायक सामग्रीमा डोरम्याट १ थान, बाल्टिन टुटीसहित १ थान, डस्बिन २ थान, मादल १ थान, विभिन्न चार्ट लगायतका शैक्षिक सामाग्री बितरण गरिएको हो ।
विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूले यस्तो सहयोगले ग्रामीण बालबालिकाको सिकाइ वातावरण सुधारमा टेवा पुर्याउने अपेक्षा व्यक्त गरेका छन् ।
प्रतिक्रिया