संरक्षण नहुँदा पाथरनाउली पहिचान मेटिदै

संरक्षण नहुँदा पाथरनाउली पहिचान मेटिदै

 - डम्बर कुमार वि.क.
दैलेख –   दुल्लुनगरपालिका वडानं –५ स्थित रहेको पुरातात्विक सम्पदा पाथरनाउलीको संरक्षण नहुँदा  जीर्ण हुनुका साथै पहिचान मेटिदै गएको छ । सरोकारवाला निकायले पाथरनाउलीको संरक्षण गर्न चासो नदिदा पाथरनाउलीको पहिचान मेटिदै गएको हो । 

नेपालको एक सबै भन्दा पुरानो ढूंगामा पानी भएको नाउलो हो । पाथरनाउली कुदिएको पुरानो ठुल ठुला ढूंगाबाट निर्माण गरिएको छ ।  समुन्द्री सतहवाट करिव १हजार ३ सय २९ मिटर उचाईमा रहेको छ ।
 

पाथरनाउली  १४११ मा मल्ल राजा पृथ्वी मल्लले  पाथरनाउलीको निर्माण गराएका थिय । यो नाव निर्माण वाट हिड्ने वटुवा,हटारुहरुलाई पानी खाने र विश्राम गरुन भन्नुे उदेस्य रहेको क्रितिस्म्व मा रहेको लेखहरुमा उल्लेख गरेको पाईन्छ तर स्थानिय जनश्रुती अनुसार पाथरनाउली महाभारत का प्रमुख पात्र पाँच भाई पाण्डवहरुको वनवास जाने क्रममा घुम्दैफिर्दै यस दुल्लु नगरिमा  आईपुग्दा एकै रातमा निर्माण गरेर वनाएको भन्ने विस्वास पनि रहिआएको छ ।

यस्ता वास्तुकला र सिल्पकलाका वस्तुहरु धेरैठाँउमा वनाएर गएको विस्वास गरिन्छ । जनमानसमा यि दुवै कुरामा वरावर विस्वास गरेको पाईन्छ, तर प्रमाणको रुपमा पृथ्वी मल्लले पाथरनाउली लगाईत यस क्षेत्रमा यस्ता धेरै संरचना निर्माण गरिएको क्रितिस्खम्व सिलालेखमा उल्लेख गरेको पाईन्छ ।  

यो नेपालकै ऐतिहासिक विरासत वोकेको पुरातात्विक सम्पदा र ऐतिहासिक गौरव वोकेको महत्वपुर्ण वास्तु भएपनि यस तर्फ कसैको ध्यान नहुदा दिन प्रतिदिन जिर्ण हुदैगइरहेको छ । पहिलेपहिले निर्मल पानीको तलाउले भरिएको देखिने नाउला लाई हिजोआज फोहोर चिजवस्तुहरु वोतल,कागज र झारपातले  कुरुपता तर्फ धकेलीरहेको छ । 

यसको वरपरको क्षेत्रफल कति हो, भन्ने पनि एकिन हुन नसक्दा संरक्षण गर्न नसकेको स्थानीय बासी बताउँछन् । मानव वस्ती विकास संगै पाथरनाउली को जमिन स्थानीयबासीले अतिकरण गरेर जमिन आफ्नो नाममा बनाउँदा निर्माण संरचना वाहेक अन्य जमिन भेटिदैन । निवर्तमान वडा अध्यक्ष प्रेम वहादुर थापाले आफ्नो कार्याकालमा घेरवार र संरक्षणका लागि दुई पटक सम्म वजेट विनियोजन गरेको तर स्थानीय जग्गाका हक लाग्ने व्यात्तिहरु सँग कुरा निमिल्दा संरक्षण गर्न नसकिएको बताउनुभयो  । 

पुरातात्विक सम्पदामा सुचिकृत सम्पदा हो,यसको संरक्षण गर्नु हाम्रो पनि दायित्व हुन आउछ ।  हामीले संरक्षणका लागि प्रयास गरेनौ भने र सरोकारवाला पक्षको ध्यान नजाने हो भने पाथरनाउली अझै कुरुप र जिर्ण वन्दैजानदुल्लु नगरपालिका ५ का स्थानीयबासी  गणेश प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।  

 
 

प्रतिक्रिया