साउदीमा मृत्यु भएका विकको शव नेपाल ल्याउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीले साउदी अरेबियामा मृत्यु भएका दैलेखका दिनेश कुमार विकको शव यथासिघ्र नेपाल ल्याउन सरकारसँग मागगर्नुभएको छ ।
मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ निवासी विकको वैशाख २८ गते साउदीमा मृत्यु भएको जानकारी गराउँदै सरकारलाई तुरुन्त पहल गर्न आग्रह गर्नुभयो ।
त्यस्तै उहाँले आठबीस नगरपालिका–४ का नगेन्द्र माझीको वैशाख २२ गते करेन्ट लागेर मृत्यु भएको घटनाप्रति दुस्ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो । विद्युत् वितरण प्रणालीको लापरबाहीले जनधनको क्षति भएको भन्दै उहाँले आठबीस नगरपालिकामा विद्युत् व्यवस्था सुधार गर्न समेत माग गर्नुभयो ।
शाहीले वैशाख २३ गते आठबीस–६ मा करेन्ट लागेर सन्तबहादुर थापाको बाख्रा मरेको उदाहरण दिँदै अझ ठूलो दुर्घटना हुन नदिन तत्काल सुधारको खाँचो औंल्याउनुभयो ।
उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दुस्खी परिवारप्रति समवेदना व्यक्त गर्दै जिम्मेवार निकायले संवेदनशील ढंगले पहल लिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया