'विनियोजन विधेयकमा सबै क्षेत्र समेटिएको छ कार्यान्वयनमा जोड दिन आवश्यक'

काठमाडौँ – प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत विनियोजन विधेयकमा सबै क्षेत्र समेटिएको बताउँदै त्यसको प्रभावकारी कार्यान्वयन र पारदर्शी अनुगमनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
शुक्रवार संसदमा विधेयकमाथिको छलफलमा बोल्दै सांसद रानाले मौलिक हक, समृद्ध नेपाल–सुखी नेपालीको आकांक्षा, व्यवसायमैत्री वातावरण, सामाजिक सुरक्षा र सुशासनजस्ता सिद्धान्त समेटिनु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो ।
तर, यस्ता प्राथमिकता केवल कागजमै सीमित नहोस् भन्दै उहाँले विगतका अनुभव दोहोरिन नदिन आग्रह गर्नुभयो । कर्णालीको प्रतिनिधित्व गर्दै सांसद रानाले कर्णालीमा सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीका ठोस कार्यक्रम ल्याउनुपर्ने, दैलेखमा भूमि समस्या समाधान तथा पेट्रोलियम उत्खनन नियमित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
“विधेयक सैद्धान्तिक रूपमा सन्तुलित छ,” सांसद रानाले भन्नुभयो, “अब यसको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ।”
प्रतिक्रिया