दैलेखमा भिरबाट लडेर युवकको मृत्यु

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा भिरबाट लडेर एक युवकको ज्यान गएको छ । भगवतीमाई गाउँपालिका–३ सान्तडामा २१ वर्षीय मिमबहादुर चन्दको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डीएसपी गणेश बरालका अनुसार मृतक चन्द वडा नं. १ स्थित वेस्तडा बजारबाट घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
शनिबार राति करिब १० बजे घरतर्फ जाँदै गर्दा सान्तडाको भिरबाट लडेर गम्भीर घाइते भएका चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया