गोविन्द सिंह र डोमा पौडेललाई डब्ल्युएफ नेपाल कन्सर्भेसन अवार्ड २०२५

गोविन्द सिंह र डोमा पौडेललाई डब्ल्युएफ नेपाल कन्सर्भेसन अवार्ड २०२५

काठमाडौँ –  जैविक विविधता र वन्यजन्तु संरक्षणमा योगदान पुर्‍याएको भन्दै जाजरकोटका गोविन्द बहादुर सिंह र डोमा पौडेललाई डब्ल्युएफ नेपाल कन्सर्भेसन अवार्ड २०२५ प्रदान गरिएको छ।

बर्ड कन्जर्भेसन नेपालको बधाइसहित प्रदान गरिएको अवार्ड प्राप्त सिंहले ८० भन्दा बढी प्रजातिका चराहरूको उद्धार, सयौं पासो हटाउने, हजारौं रुख रोप्ने र संरक्षण सचेतनामा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

नेपालकी पहिलो महिला नेचर गाइड डोमा पौडेलले शिकारी नियन्त्रण, युवा जनचेतना र इको–पर्यटन प्रवर्द्धनमा नेतृत्व दिँदै स्थानीय समुदायमा जलवायु र वन्यजन्तु संरक्षणमा सक्रिय हुनुुहुन्छ ।

उक्त अवार्ड हरेक वर्ष वन, वातावरण तथा जैविक विविधताको संरक्षणमा उल्लेखनीय काम गर्ने व्यक्तित्वलाई प्रदान गरिन्छ।

प्रतिक्रिया