मेघगर्जनसहितको वर्षा र बाढी-पहिरोबाट बच्न सचेत रहनू : सांसद राना

काठमाडौँ – प्रतिनिधि सभा सदस्य सिता कुमारी रानाले देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।
मंगलबार संसदमा बोल्दै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सचेत गराउनुभयो ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै तीन दिनसम्म कायम रहने र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । यसै सन्दर्भमा, सांसद रानाले सम्भावित असरबाट बच्न स्थानीय नागरिकलाई सचेत र सतर्क रहन विशेष अनुरोध गर्नुभएको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन बिना अव्यवस्थित रूपमा खनिएका सडकका कारण अकस्मात् वर्षा हुँदा बाढी-पहिरोको जोखिम अत्याधिक बढेकोतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।
उनले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई पूर्वतयारीमा रहन सभामुखमार्फत अनुरोध गर्नुभयो ।
प्रतिक्रिया