दैलेखमा दुई दिने मौरीपालन तथा व्यवस्थापन तालिम संचालन

दैलेखमा दुई दिने मौरीपालन तथा व्यवस्थापन तालिम संचालन

दैलेख –  कर्णाली नदी बेसिन क्षेत्रलाई जलबायु उत्थानशील र महिला उत्तरदायी कृषि तथा उद्यमशीलताको केन्द्र बनाउने उद्देश्यले दैलेखमा दुई दिने मौरीपालन तथा व्यवस्थापन तालिम संचालन  भएको छ ।  

एइआईएन लक्जेम्बर्ग र डिसीय नेपालको साझेदारी, सोसेक नेपालद्वारा संचालित ग्रीनकर्णाली परियोजनाको आयोजनामा मौरीपालन तथा व्यवस्थापन तालिम  संचालन गरिएको हो ।

दुई दिनसम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममा सोसेक नेपालकी कोषाध्यक्ष तथा ग्रिन कर्णाली परियोजनाकी फोकल पर्सन संगिता राना मगरले मौरीपालन व्यवसाय समयको बचतसँगै आर्थिक सशक्तीकरणको भरपर्दो माध्यम भएको धारणा व्यक्त गर्नुभयो । “मौरीपालनले अपेक्षाभन्दा बढी आम्दानी दिने सम्भावना भएकाले यसमा महिलाको सक्रिय सहभागिता बढ्नुपर्ने देखिन्छ,” उहाँले भन्नुभयो ।

तालिममा कर्णाली प्रदेश मौरीपालक किसान महासंघका अध्यक्ष लिलाराम ढकाल, सल्लाहकार खगेन्द्र भण्डारी, हेल्भेटास नेपालका प्रदेश संयोजक तथा इनाईलम परियोजनाका टेक बहादुर सिंह, र ग्रिन कर्णाली परियोजनाका संयोजक पुष्कर शर्माले सहजीकरण गर्नुभएको छ ।

परियोजनाका अनुसार, मौरीपालनलाई व्यवस्थित उद्यममा रूपान्तरण गर्न सिप विकास र प्राविधिक ज्ञान आवश्यक भएकाले यो तालिम सञ्चालन गरिएको हो । तालिममा स्थानीय २२ जना कृषकको सहभागिता रहेको छ, जसमा महिलाको उल्लेख्य उपस्थिति रहेको परियोजना संयोजक पुष्कर शर्माले जानकारी दिनुभयो ।

तालिममा दुल्लु नगरपालिका,भैरवि गाउपालिका,भगवतीमाई गाउपालिका, ठाँटीकाँध गाउपालिका , गुराँस गाउपालिका दैलेख र  तुर्माखाद गाउँपालिका १ रहफ अछामबाट गरी २२ जना कृर्षकहरु सहभागी भएका ग्रीन कर्णाली परियोजनामा कार्यरत कृषि प्राबिधिक हिक्मेन्द् माझीले जानकारी दिनुभयो  ।

जेष्ठ ८ र ९ गतेसम्म सञ्चालन हुने तालिमले जलवायु परिवर्तनका असर न्यूनीकरणसहित दिगो कृषिमा आधारित आम्दानीमुखी उद्यम विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया