दैलेखमा ‘सिस्नुपानी नेपाल’ कार्यक्रम, भ्रष्टाचारविरुद्ध हाँस्यव्यङ्ग्य

दैलेख - सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा ‘कर्णालीमा सिस्नुपानी नेपाल’ अभियान अन्तर्गत दैलेखमा हाँस्यव्यङ्ग्यात्मक चेतनामूलक कार्यक्रम गरिएको छ । भ्रष्टाचारविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित सञ्चालित यस कार्यक्रममा ख्यातीप्राप्त कलाकारहरूको प्रस्तुति रहेको थियो।
कार्यक्रम नारायण नगरपालिका, कला साहित्य उत्थान प्रतिष्ठान दैलेख र स्थानीय नागरिक समाजको सहयोगमा सम्पन्न भएको हो । नारायण नगरपालिकाको संयोजनमा गरिएको कार्यक्रममा साहित्यकार कृष्ण देवकोटा भावुकु, बविता बिष्ट, तिर्थ भण्डारीलगायतको चेतनामूलक साहित्यिक प्रस्तुति रहेको थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित यो निःशुल्क कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कर्मचारी, पत्रकार, विद्यार्थी, नागरिक समाजका सदस्यसहितको उल्लेख्य उपस्थिति रहेको थियो।
‘कर्णालीमा सिस्नुपानी नेपाल’ अभियान अन्तर्गत यसअघि रुकुम पश्चिम र जाजरकोटमा कार्यक्रम सम्पन्न भइसकेको छ। आगामी कार्यक्रमहरू कालीकोटमा जेठ ११, जुम्लामा जेठ १३ र मुगुमा जेठ १५ गते हुने बताइएको छ ।
कार्यक्रममा लक्ष्मण गाम्नागे, अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, चक्र दवाडी, शिशिर योगी, सुवोध गौतमलगायतका कलाकारहरूको प्रस्तुति रहेको थियो।
कार्यक्रमका अध्यक्ष तथा नारायण नगरपालिकाका प्रमुख लोमन शर्माले सुशासन, जवाफदेहिता र पारदर्शिताका सवालमा जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै हाँस्यव्यङ्ग्यमार्फत जनचेतना जगाउने प्रयास सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रतिक्रिया