सुर्खेतमा लैङ्गिक रूपान्तरणमा आधारित पाँच दिने तालिम सुरु

सुर्खेतमा लैङ्गिक रूपान्तरणमा आधारित पाँच दिने तालिम सुरु

सुर्खेत –   युरोपियन युनियनको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित सशक्त महिला समृद्ध नेपाल कार्यक्रमअन्तर्गत GBV च्याम्पियनहरूका लागि लैङ्गिक रूपान्तरण पद्धतिमा आधारित यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, हिंसा पहिचान र प्रेषण सम्बन्धी पाँच दिने तालिम कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी ज्यू  को प्रमुख आतीथ्यतामा सुर्खेमा मा सुरु भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन सत्रमा  प्रमुख अतिथि  सामाजिक विकास मन्त्री घनश्याम भण्डारीज्यू ले लैङ्गिक रूपान्तरणका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार, लैङ्गिक हिंसा पहिचान र प्रेषण प्रणालीमा योगदान पुर्‍याउने खालका कार्यक्रमलाई सरकार गम्भीरतापूर्वक अघि बढाइरहेको बताउनुभएको छ | साथै मंत्री  भण्डारीले लैङ्गिकताको सवालमा सरकार उत्तरदायी रहेको बताउँदै नीति निर्माणमा बजेटको समन्वयमार्फत लैङ्गिक समानता र समावेशी विकास सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बिरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत  तथा बिशिस्ट अतिथि श्री लक्ष्मीप्रसाद बास्कोटाले विगतका बजेटहरू प्रायः भौतिक पूर्वाधारमुखी भएको उल्लेख गर्दै अबको बजेटमा लैङ्गिक समानतामुखी सोचलाई प्राथमिकता दिने धारणा राख्नुभयो । साथै, बिरेन्द्रनगरलाई ‘महिला मैत्री नगर’ बनाउने अभियानमा समेत पहल भइरहेको जानकारी दिनुभयो।

कार्यक्रमका अध्यक्ष तथा सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले समाजमा विद्यमान नकारात्मक सोच र व्यवहारलाई सकारात्मकतर्फ डोहो¥याउँदै लैङ्गिक समानताको आधार तयार गर्न प्रशिक्षणहरू उपयोगी हुने धारणा राख्नुभयो ।उहाँले बजेट निर्माण प्रक्रियामा समुदायमा आधारित समावेशी दृष्टिकोणलाई अनिवार्यरूपमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिम यहि बिहीबार सम्पन्न हुनेछ । तालिममा कर्णाली प्रदेशका ४ जिल्लाक ५ पालिकाका GBV च्याम्पियनहरुको  सहभागिता रहेको छ | उक्त कार्यक्रममा सोसेक नेपालका  सशक्त महिला, समृद्द नेपाल कार्यक्रमका  कार्यक्रम प्रमुख  श्री रमेश थापाले  सहभागीहरुलाई स्वागत गर्दै  तालिमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया