दैलेखको ठाटीकाँधमा निःशुल्क आँखाको शिविर सम्पन्न
१३ जनालाई सर्जरीका लागि सिफारिस

दैलेख – दैलेख जिल्लाको ठाटीकाँध गाउँपालिका–५ स्थित तोलीजैसी स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र ठाटीकाँध गाउँपालिकाको साझेदारीमा, सोसेक नेपालको सहजीकरणमा आयोजना गरिएको उक्त शिविरमा ५० जना सेवाग्राहीहरूले लाभ लिएका छन् ।
शिविरमा आएका बिरामीहरूमध्ये १३ जनालाई आँखाको समस्या देखिएकोले थप उपचार तथा शल्यक्रियाका लागि दैलेख रेफर गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ । शिविरमा डाक्टर हृदेश पाण्डे र दिपेन्द्र पाण्डेले आँखा जाँच गर्नुभएको थियो ।
शिविरमार्फत दृष्टि परीक्षण, सामान्य उपचार, औषधि वितरण तथा आवश्यक सल्लाह–परामर्श प्रदान गरिएको थियो । स्थानीय तह र साझेदार संस्थाहरूको सहकार्यमा ग्रामीण क्षेत्रमा सहज स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले यस्तो शिविर सञ्चालन गरिएको आयोजकहरूले जनाएका छन् ।
स्वास्थ्य सेवा पहुँचबाट बञ्चित समुदायका लागि यस्ता शिविर प्रभावकारी हुने भन्दै स्थानीयवासीहरूले खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया