दैलेखका चार पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

शिविरबाट १ हजार ४०० जना लाभान्वित

दैलेखका चार पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दैलेख –  दैलेखका चारवटा पालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।  सोसेक नेपाल दैलेख र सिविएम ग्लोबल नेपालको सहकार्य, नेपाल रेडक्रस सोसाइटी सुर्खेतको समन्वय तथा भैरबी, नौमुले गाउँपालिका, दुल्लु, र नारायण नगरपालिकाको आयोजनामा चार पालिकामा निःशुल्क आँखा तथा कानसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

‘हातेमालो परियोजना’ अन्तर्गत सञ्चालित शिविरबाट जम्मा ६६७ जना कानसम्बन्धी र ७१२ जना आँखा सम्बन्धी बिरामीले सेवा लिएका छन् । शिविरमा कानका ४४ जनाको र आँखा (मुख्यतः मोतिविन्दु) का ३५ जनाको शल्यक्रिया गर्न सिफारिस गरिएको छ भने ९५ जनालाई सहायक उपकरण उपलब्ध गराउने तयारी गरिएको बताइएको छ ।

दुल्लु नगरपालिका कार्यवाहक नगरप्रमुख लिलाराम लम्सालले अपांगता जोखिममा रहेका नागरिकका लागि यो शिविर उपयोगी बनेको बताउँदै, आगामी दिनमा अझ बढी सेवा विस्तार गर्ने प्रतिबद्धता जनाउनुभयो ।

बी.एन. हस्पिटल नेपालगञ्जका वरिष्ठ अधिकृत रामबहादुर बोहराले बालबालिकासमेतमा स्वास्थ्य समस्या देखिएकाले विद्यालयस्तरमै स्वास्थ्य शिक्षा आवश्यक रहेको धारणा राख्नुभयो ।

शिविरमा कान, आँखाको परीक्षण, परामर्श, औषधि वितरण, चस्मा सिफारिस र अप्रेसनका लागि रिफरलसमेत गरिएको थियो । नौमुले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले शिविर सफल भएको बताउँदै भविष्यमा थप स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।कानको अप्रेसन  ४४ जना र आँखा को अप्रेसन ३५ जना साथै सहायता सामाग्रीका लागी ९५ जना लाई सिफारिस गरिएका छ । 

सोसेक नेपालका कार्यक्रम प्रमुख भीमबहादुर के.सी.का अनुसार समुदायमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यसहित गरिएको शिविरले स्थानीय जनताको विश्वास जितेको छ।

 

प्रतिक्रिया