तिल गाउँ हिमपहिरोको अध्ययन टोलीले भेट्टायो काँजी हिमालमा तीन वटा हिमताल

काठमाडौँ – हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको तिल गाउँमा गएको हिमपहिरोको अध्ययन गर्नका विज्ञ टोलीले काँजी हिमालमा तीन वटा हिमताल भेटाएको छ । विज्ञ टोलीले पाँच हजार तीन सय ५० मीटरमा रहेको हिमताल भएको स्थानसम्मै पुगेर अध्ययन गरेको हो ।
यसअघि दुई वटा हिमताल देखिएको स्थानमा तीन वटा ताल भेटिएको भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटाले बताउनुभयो । गत जेठ एक गते हिम ताल फुटेर पहिरो गएको आशंका गरिएको अवस्थामा त्यसको सत्य तथ्य पत्ता लगाउन विज्ञ टोली पुगेको छ ।
काठमाडौँबाट गएको तीन सदस्यीय विज्ञ टोली लिमीको तील गाउँमा पुगेर आइतबार हिमपहिरो सुरु भएको स्थानतर्फ गएको थियो । टोलीमा राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका शुसिलकुमार श्रेष्ठ, खानी तथा भू–गर्भ विभागका सिडिई शिवप्रसाद बास्कोटा र हाईड्रोलोजिस्ट ईन्जिनीयर सौहार्द जोशी रहनुभएको छ । काँजी हिमालमा दुई स्थानीयसहित पाँच जनाको टोली गएको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो ।
यही जेठ १ गते रातीको बाढी र सुख्खा पहिरोका कारण नाम्खा गाउँपालिका–६ तिल गाउँका १८ घरका ३२ जना परिवार विस्थापित भएका छन् ।
प्रतिक्रिया