जाजरकोटमा सोमबार दिउँसो भूकम्प गयो

जाजरकोटमा सोमबार दिउँसो भूकम्प गयो

काठमाडौँ –  जाजरकोटमा सोमबार दिउँसो भूकम्प गएको छ । दिउँसो २ बजेर २५ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, भूकम्पको केन्द्रबिन्दु जाजरकोटको रामिडाँडा क्षेत्र रहेको छ। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ। भूकम्पको धक्का जाजरकोटसँगै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको बताइएको छ ।

स्थानीय प्रशासनका अनुसार, हालसम्म क्षति सम्बन्धी औपचारिक सूचना प्राप्त नभए पनि सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ। जाजरकोट जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूले सतर्क रहन अनुरोध गरेका छन् ।

गत वर्ष कात्तिक १७ गते पनि जाजरकोटमा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो, जसले ठूलो जनधनको क्षति पुर्‍याएको थियो । त्यसयता बारम्बार साना–ठूला परकम्पहरू आइरहेका छन् ।

भूकम्प प्रविधिक तथा भूगर्भविद्हरूले यो क्षेत्रलाई भूकम्पीय हिसाबले संवेदनशील क्षेत्र मानेका छन्। विज्ञहरूले सतर्कता र पूर्वतयारी बढाउन आग्रह गरेका छन्।

प्रतिक्रिया