महिला र बालवालिकाको लागि सोसेक नेपाल र सिद्धार्थ बैंकको सहकार्य

महिला र बालवालिकाको लागि सोसेक नेपाल र सिद्धार्थ बैंकको सहकार्य

दैलेख– सिद्धार्थ बैंक दैलेखले आफूलाई महिलामैत्री बैंकको रूपमा स्थापित गर्न लागेको हो। महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक स्वावलम्बन रहेकोले बताउँदै बैंकले आफ्नो सेवा महिलामैत्री बनाएको हो । आज मंगलबार सिद्धार्थ बैंकले सोसेक नेपालसँग सहकार्य गरेको छ। महिला तथा बालवालिका लाई लक्षित प्रोत्साहनकोे लागि सामाजिक कार्य सुरु गरेको हो।अपांगता भएका वा अपांगता भएका घरपरीवारका बालवालिका,लैगिक हिंसा,विपन्न,संरक्षणको आवश्यकता रहेका बालवालिकाहरुको पढाई निरन्तरता तथा सहायताको लागि सिद्धार्थ बैंकले सोसेक नेपाल मार्फत विभिन्न सहयोगको लागि ५० हजारको रकम र बाल हेल्पलाइन  सेफहाउस दैलेखलाई २०,००० हजार गरी जम्मा ७० हजारको चेक हस्तान्तरण गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत प्रदान गरीएको उक्त रकम सिद्धार्थ बैंक शाखा प्रमुख रोशनराज दाहालले सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापालाई हस्तान्तरण गरेको छ। उक्त रकमले विद्यार्थीको पठनपाठनका शैक्षिक सामग्रि,लत्ता कपडा र बालहेल्पलाईन सेफहाउस सञ्चालन लगायतको कार्यमा टेवा पुग्ने लक्ष्य लिएको छ । 

सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बैंकले गरेको सहयोग प्रति सिद्धार्थ बैंकलाई धन्यवाद दिनुभएको छ। आगामी दिनमा सामाजिक कार्य तथा महिला र वालवालिकाको अवस्थालाई अझै सुधारको बाटो तर्फ लिन संस्था र बैकंको सहकार्य निरन्तरताको आवश्यक रहेको उल्लेख गर्नु भयो ।
 

प्रतिक्रिया