गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौँ – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् ।
बैठकको सुरुमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्री लेखकको सचिवालय भिजिट भिसा प्रकरणमा मुछिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो ।
उहाँले गृहमन्त्रीलाई अहिले नै दोषी करार नगर्ने भन्दै छानबिनका लागि पनि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले गृहमन्त्रीले मार्ग प्रशस्त नगरेसम्म बैठक अगाडि बढ्न नसक्ने बताउनुभयो ।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भन्दै संसद् अवरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गर्नुभयो ।
गृहमन्त्री लेखकमाथि छानबिन आयोग गठन नगरेसम्म सदन अवरोध जारी रहने रास्वपाका सांसद शिशिर खनालले बताउनुभयो ।
प्रतिक्रिया