खातिगाउँ वालविकास केन्द्रमा सरसफाई र सिकाइमा सहजीकरण

ठाटीकाँध – ठाटीकाँध गाउँपालिका–१, खातीगाउँस्थित श्री खातिगाउँ वालविकास केन्द्रमा विद्यार्थीहरूको सरसफाई तथा सिकाइमा सहजीकरण गरिएको छ । एईआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित सहकार्य परियोजना अन्तर्गत फलोअप अनुगमनसँगै सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम अन्तर्गत बालबालिकाहरूको व्यक्तिगत सरसफाई, सिकाइको वातावरण, सामग्रीहरूको प्रयोग, सिकाइमा सक्रियता लगायतका पक्षमा सुधारात्मक पहलहरू गरिएका छन् । बालमैत्री र सफा वातावरणमा सिकाइ प्रभावकारी हुने विश्वासका साथ सहजीकरण गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा क्रियाशील सहकार्य परियोजनाले विद्यालय र बालविकास केन्द्रहरूमा नियमित रुपमा फलोअप र प्रभावकारी काम र अनुगमन गर्दै आइरहेको छ । सोसेक नेपालका अनुसार यस्ता गतिविधिहरूले बालबालिकाको समग्र विकासमा टेवा पु¥याउनुका साथै अभिभावक तथा समुदायको सहभागिता पनि सुनिश्चित हुँदै गएको बताएको छ ।
प्रतिक्रिया