सभापति साह र सांसद कुसारीबीच मिलापत्र

सभापति साह र सांसद कुसारीबीच मिलापत्र

काठमाडौँ –  महिला तथा सामाजिक समितिको बैठकमा सभापति किरणकुमार साह र नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीबीच मिलापत्र भएको छ।

बैठकमा सभापति साहले सांसद कुसारीको व्यक्तिगत जीवनमा टिप्पणी गर्दै फोटो सार्वजनिक गर्ने धम्की दिनुभएको थियो  । यसपछि आक्रोशित हुँदै सांसद कुसारीले साहमाथि नेमप्लेट र माइक प्रहार गर्नुभएको थियो ।

घटनापछि सभामुख देवराज घिमिरेले दुबैलाई नयाँ बानेश्वरस्थित संसद भवनमा बोलाई आत्मालोचनासहित सहमति गराउनुभएको हो । दुबै पक्षले गल्ती स्वीकार गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहर्‍याउने समझदारी जनाउनुभएको छ ।

सभापति साहले आक्रोशमा अभद्र शब्द प्रयोग गरेको र कुसारीले पनि माइक प्रहार गर्नु अनुचित भएको स्वीकार गर्नुभएको छ । सांसद कुसारीले विषयवस्तु मोडेर व्यक्तिगत आक्षेप लगाएपछि प्रतिवादमा माइक हानेको बताउनुभयो । दुबैबीच मिलापत्र भएसँगै विवाद टुंगिएको छ।

प्रतिक्रिया