‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

‘घुम्तीगोठमा भेडापालन’ बाट आत्मनिर्भर

बेनी –   म्याग्दीको रघुगंगागाउँपालिका– ७ चिमखोलाकायुवा टिका पुन वैदेशिक रोजगार छाडेर पुर्खाहरुको पेसा ‘घुम्तीगोठमा भेडापालन’ गरेर आत्मनिर्भर बन्नुभएको छ । 

रोजगारको सिलसिलामा कतारमा दुई बर्ष काम गरेपछि घर फर्कनुभएका ४१ बर्षीय पुनले आफ्नै गाउँमा भेडापालन गर्ने निधो गरेर कतारको रोजगारीलाई त्याग्नुभएको थियो । उहाँले भन्नुभयो, ‘‘मरुभूमिको देशमाकाम अनुसारको कमाइ त थियो, खाडी मुलुकमा बगाउने पसिना आफ्नै गाउँका वनजंगल, पाखाबारी र डाँडाकाँडामा बगाउने अठोट गरेर फर्किएको थिए, भेडापालनबाट अहिले घरखर्च चलाउन सजिलो भएको छ, खाडीको रोजगारी भन्दाआफ्नै भेडीगोठको कमाईबाट सन्तुष्ट छु ।’’  

पुनले विगत १४ बर्षदेखि घुम्तीगोठमा भेडापालन गर्दै आउनुभएको छ । उहाँलाई भेडीगोठमा उहाँकै छोरा प्रतिक पुनले सहयोग गर्नुभएको छ । विद्यालयतहको अध्ययन सकेर प्रतिक पनि आफ्नो बुबाले अंगालेको भेडापालन पेसामा लाग्नुभएको हो । गाउँमा परम्परागत रुपमाहुँदै आएको घुम्ती गोठको भेडापालन हराएर जाने अवस्थामापुगेपनिपुनकाबाबु छोराले भेडापालनको पेसालाई जोगाएका छन् । 

सुरुआतमा रु ६ लाखलगानीमा १५० वडा भेडाखरिद गरेर घुम्तीगोठ सुरु गर्नुभएकापुनको भेडिगोठमा अहिले ३०० भेडा छन् । बर्षमा ७० वटासम्म भेडा, साँड, खसी विक्रिहुने गरेको पुनले बताउनुभयो । वनजंगल र बुकीका जडिबुटीयुक्त चरन क्षेत्रमापालनगरिने भेडा, साँड र खसीको मागअत्यधिकहुने भएकाले विक्रिकालागिबजारको अभाबहुँदैन् ।

खासगरी विभिन्नथानहरुमाभाकलपूजाको लागि साँड र बोकाहरुको माग धेरै हुने गर्छ भने दशैँ, तिहारलगायतका ठूला चाडपर्व र विवाह, ब्रतबन्धलगायतका संस्कारजन्यकार्यहरुकालागिखसी र भेडा खरिद गर्न उपभोक्ताहरु गोठमै आउने गरेको पुनले बताउनुभयो । भेडापालनलाई व्यवसायिक र व्यवस्थितगर्न पुनले भेडापालन फर्म नै दर्ता गर्नुभएको छ । 

भेडापालनमा लागेको बर्षौ भएपनिअहिलेसम्म राज्यबाट कुनै सुविधानपाएको पुनको गुनासो छ । बार्षिक रुपमाफर्मबाट सरकारलाई कर तिर्देै आएपनिआफ्नो भेडिगोठलाई कुनै पनि सरकारी निकायबाट अनुदान र सहयोग प्राप्तनभएको उहाँले बताउनुभयो । 

परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने भेडापालनलाई व्यवस्थित गराउन भेडापालक कृषकहरुले वनजंगलमा घुम्ती गोठको टहरा बनाउनमागगर्दै आएका छन् । भेडीगोठका किसान र हेरालुहरुलाई हिउँदको हिमपात र बर्षातमा लेकाली क्षेत्रकाबुकीमात्रिपाल र भकारीको छाप्रोमुनी कष्टकर तवरले बस्नुपर्ने बाध्यता रहेको छ । 

अस्थायी टहरा नहुँदा भेडाहरुलाई खुलाआकासमा राख्नुपर्दा बर्षा, हिमपात र चिसोको कारण ठूलो संख्यामा भेडाहरु मर्ने र आर्थिक क्षतिव्यहोर्नु पर्ने बाध्यता रहेको भेडापालक किसानहरु बताउँछन् । पछिल्लो समय घुम्तीगोठको भेडापालन हराएर जानथालेको छ । चिमखोलागाउँमा टिका पुनसंगै जगत पुन र रत्न पुनले समेत घुम्ती गोठको परम्परागत भेडापालनलाई निरन्तरता दिदै आउनुभएको छ । घुम्ती गोठका भेडालाई जेठदेखि लेकाली क्षेत्रमा लैजाने गरिन्छ भने असोज लागेपछि फेदी र बेँसीमागोठ झार्ने गरिन्छ ।

प्रतिक्रिया