एआईलाई व्यवसायिक रुपमा प्रयोग गर्ने, सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट

काठमाण्डौं- सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७२ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो।
उहाँले कृत्रिम बौद्धिकता एआईलाई पनि व्यावसायिक प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताए। त्यस्तै डाटा सेन्टर बनाउन निजीसँग सहकार्य गर्ने र सूचना प्रविधि पार्क निर्माणका लागि वैदेशिक लगानीलाई प्रोत्साहन गरिने अर्थमन्त्री पौडेलको भनाइ छ।
प्रतिक्रिया