विरेन्द्रनगरमा शिक्षकहरुको लागि १ दिने तालिम

विरेन्द्रनगरमा शिक्षकहरुको लागि १ दिने तालिम

सुर्खेत– बिरेन्द्रनगर नगरपालिका सुर्खेतमा शिक्षकहरुको लागि १ दिने संशोधित पाठ्यपुस्तक, शिक्षकगाईड र बृहत्तर यौनिकता शिक्षा सम्वन्धि तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विरेन्द्रनगरपालिका, मानव संशाधनविकास केन्द्र र विरेन्द्रनगर स्थित ५ विद्यालय बाट सहभागीता गरी २७ जनाको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण सिमरन शेरचनले बृहत्तर यौनिकता शिक्षा र विविध यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती र यौन विशेषता,को साथै लैङ्गिकतथा यौनिक अल्पसंख्यकको बारेमा प्रष्ट्याउनु भएको थियो । त्यस्तै शिक्षा,युवातथा खेलकुद शाखा प्रमुखले समतामुलक, समावेशी शिक्षा र लैङ्गिकतथा यौनिक अल्पसंख्यकलाई विद्यालयतहको शिक्षा, पाठ्यक्रम र पाठ्यपुस्तकमा कसरी समावेश गर्न सकिन्छ र पठनपाठन लाई कसरी सहजबनाउने विषयमा छलफल गर्नुभएको थियो ।


यस कार्यक्रममा बोल्दै मानव संशाधन विकास केन्द्रका प्रशिक्षक निमराज रेग्मीले लैङ्गिकतथा यौनिक अल्पसंख्यक र यौन अभिमुखीकरण, लैङ्गिक पहिचान, लैङ्गिक प्रस्तुती, यौन विशेषताको बारेमा विद्यालयतहको पाठ्यक्रममा समावेश गरिएको कारण यो विषय शिक्षकहरुको तालिम प्याकेजमा समावेश गर्नुपर्ने कुरा व्यक्तगर्नुभयो । आफुहरुले यस विषयमा तालिममा ज्ञान दिदै आएको भएता पनि लिखित रुपमै शिक्षक तालिमको प्याकेजमा नै समावेश गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमको सहजीकरण ब्लु डायमण्ड सोसाइटीका उपाध्यक्ष सिमरन शेरचनले गर्नुभएको र कार्यक्रमको संचालन सोसेक नेपालका परियोजना संयोजक प्रभा डाँगीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता विरेन्द्रनगर शिक्षा, युवातथा खेलकुद शाखा प्रमुख तथा वरिष्ठ उपसचिव धिरेन्द्र प्रसाद शर्माले गर्नुभएको थियो ।


 

प्रतिक्रिया