सोसेक नेपालद्धारा गुराँस गाउँपालिकाका १० विद्यालयका शिक्षकलाई तालिम

सोसेक नेपालद्धारा गुराँस गाउँपालिकाका १० विद्यालयका शिक्षकलाई तालिम

दैलेख- सोसेक नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित लैङ्गिकतथा यौनिक अल्पसंख्यक परियोजना अन्तर्गत आज गुराँस गाउँपालिकामा १ दिने तालिम सम्पन्न भएको छ । तालिमको सहजीकरण ब्लु डायमण्ड सोसाईटीका उपाध्यक्ष सिमरन शेरचन र परियोजना संयोजक एलिन भण्डारीले गर्नुभएको थियो । यस तालिममा यौन अभिमुखीकरण, लैङ्गिकपहिचान, प्रस्तुती र यौन विशेषतातथा लैङ्गिकतथा यौनिकअल्पसंख्यकको बारेमा ज्ञान दिइएको थियो । यस कार्यक्रममा बोल्दै गुराँस गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्रा.स.नारायण ढकालले यो विषय अझै पनि बालबालिकाहरुको लागि नयाँ विषय भएको र यस सम्वन्धि स्पष्ट पाठ्यपुस्तक र पाठ्यक्रममा समेटिएको छैन । त्यसैले शिक्षकहरुलाई यस सम्वन्धि ज्ञान दिदा पठन पाठन गर्न सहज हुने बताउनुभयो ।
लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकार कानुनका पानाहरुमा मात्र सिमित रहेको अझै यस समुदायका व्यक्तिहरुले सहज रुपमा उपभोग गर्न पाएका छैनन् । कार्यान्वयन पक्ष फितलो हुँदा यस समुदायले सास्ती भोग्नुपरेको अधिकारकर्मीहरुको गुनासो रहेको छ । सम्वन्धि ज्ञान र लैङ्गिक दृष्टिकोण लाई स्पष्ट पार्न आधारभुत तह देखि नै यसको ज्ञान दिन जरुरी देखिन्छ । 
लैङ्गिकतथा यौनिक अल्पसंख्यकको अधिकार संरक्षण र समावेशीता प्रवद्र्धनको लागि सोसेक नेपालले प्रदेश तथा स्थानीय सरकार, स्थानीय सरोकारवाला, विद्यालय र समुदाय स्तर विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


 

प्रतिक्रिया