यार्सागुम्बु टिप्न गएपछि गाउँ सुनसान

मुगु । कार्मारोङ गाउँ पालिकाको माथिल्लो बस्तीका स्थानिय बासी यार्सागुम्बु टीप्न पाटनतिर गए पछी गाउँमा मान्छे नहुदा गाउँ सुनसान भएका छन ।
कार्मारोङ गाउँपालिकाका गाउँ दोल्फु,चिताई,मुगु,किम्री,कार्ति,माग्री, पुअ, रिउस, दाउरा, सेरोग मह, माग्री, ताखा, खारी गाउँका युवा, युवतीदेखि दुधे बालक च्यापेर यार्साको खोजीका लागि लेक र पाटन तिर डेढ महिनाका लागी गाउँले उक्लेपछी गाउँ सुनसान भएका हुन ।
गाउँमा वृद्धावृद्ध, अपाङ्घबाहेक अन्य कोही नरहेको साथै विरामी परे पनि स्याहार गर्ने र अस्पातालसम्म लग्ने मान्छे नभएको कार्मारोङ गाउँपालिका ६ पुअका आङडा लामाले वताए ।
मनग्गे आम्दानी र कमाई गर्ने लोभले वर्षेनी यार्साको सिजनमा सवै व्यवासाय र खेतीपाती वन्द गरेर यहाँका स्थानीयवासी लेकमा जाने र सामान्य आय भएकाहरु यार्साको कमाईलाई वर्षभरीका लागि घर खर्च चलाउने हँुदा घरमा ताल्चा ठोकेर पाटनतिर जाने गरेको लामाले बताए ।
साथै कार्मारोङ गाउँ पालिकाको माथिल्लो केही बस्तीका विद्यालयका विद्यार्थी पनी यार्साटिप्न गए पछी विद्यालयमा पठनपाठनमा पनी प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
विगतका बर्ष झै यो बर्ष कार्मारोङ गाउँ पालिकाले बन प्रबेश शुल्क लगाएको थियो ।स्थानियलाई रु २ हजार र जिल्ला भन्दा बाहिरकालाई २ हजार पाँच सय शुल्क लगेको छ । यार्सा संकलकलाई गत १३ गते बाट पाटनमा प्रबेश गराएको थियो, उक्त बन प्रबेश शुल्क बापत ३६ लाख ६ हजार रकम असुली गरेको कार्मारोङ गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत शुभाष रावलले जानकारी दिए ।
स्थानियहरु मुगुको ,कोईकी, टाके, सानोकोइकी रिमार, हाङदाङखोला,च्यार्खु छापाखोला, दोल्फुको वन क्षेत्रका पाटनमा पाल र ओढारमा यार्सा टिप्नेकोे भरी भराउ भएका छन । उक्त यार्सा टिप्न लेकतिर गएकाहरुका लागी विरामी परीहालेमा उपचारकालागी गाउँपालिकाले डाक्टर सहितको स्वस्थ्य टोली पाटनमा खटाएको प्रमुख प्रशासकिय अधिकृत रावलले वताए ।
यार्साको भरमा वर्षेनी अन्य व्यवसाय छाड्दै
छोटो समयमा यार्सागुम्बुको कमाईले मनग्गे आम्दानी हुने हुदा यहाँका स्थानिवासीले पुरानो ब्यवसाय छाड्दै आएका छन । मुगुको पुर्वि,उत्तरी क्षेत्रमा वसोवास गर्ने कार्मारोङ्ग गाउँ पालिकाका दोल्फु, चिताई, मुगु, कार्ति, खारी, ताखा, रिउस, दाउरा, पुअ, कार्ति, सेरोग, किम्री, माग्री, मह माग्रीलगायतका स्थानीयवासीले यार्सागुम्वुुको वर्ष भरीको कमाई छोटो समयमा एकैपटक हुने हुँदा विस्तारै पशुपालन व्यवसाय भेडा, बाख्रा, चौरी, झुमा कुखुरा, गाई पालन र राडी पाखी बुन्ने लगाएतका घरेलु उद्यम छाडेर अधिकांश स्थानीयवासी यार्सामा निर्भर रहेका छन ।
चार वर्ष अगाडी भेडा,वाख्रा प्रति घरमा पालेकै देखीन्थियो तर हाल कार्मारोङको ९ वडा बाहेक माथिल्लो बस्तीमा यार्सा मोहोले नै भेडा वाख्रा पालन छाडेपछि छिटपुटले पाले पनि राम्रैसँग छाडेको कार्मारोङ–६ का पेमा तोर्चे लामाले राजधानीलाई बताए ।
प्रतिक्रिया