बैंग्लोरले जित्यो १८ वर्षपछि आइपीएलको उपाधि

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले जितेको छ । पञ्जाब किंग्सलाई ६ रनले हराउँदै आरसीबीले उपाधि जित्न सफल भएको हो।
बेंगलुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंगलुरु उपाधिबाट वञ्चित भएको थियो ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले १९० रन बनाएको थियो। १९१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १८४ रनमात्र बनायो।
१८ वर्षको आइपीएल इतिहासमा पहिलोपटक च्याम्पियन बन्दै आरसीबीले आफ्नो उपाधि हातमा पारेको छ ।
प्रतिक्रिया