किशोरीहरूलाई सरसफाइ तथा स्वच्छता शिक्षासम्बन्धि अभिमुखीकरण

किशोरीहरूलाई सरसफाइ तथा स्वच्छता शिक्षासम्बन्धि अभिमुखीकरण

सुर्खेत –   किशोरीहरूको व्यक्तिगत सरसफाइ तथा स्वच्छ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सरसफाइ तथा स्वच्छता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

 एईआइएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा सुर्खेतमा सञ्चालन भइरहेको बिहानी परियोजनाको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सरसफाइका महत्त्व, महिनावारीका समयमा अपनाउनु पर्ने स्वास्थ्य सुरक्षा, स्वच्छता व्यवस्थापन र आत्म–विश्वास अभिवृद्धिसम्बन्धी विविध विषयमा जानकारी दिइएको थियो ।

बिहानी परियोजनाले यसअघि पनि महिला तथा किशोरी लक्षित विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । आगामी दिनमा अन्य विद्यालयहरूमा पनि यस्ता कार्यक्रम विस्तार गरिने बिहानी परियोजनाले जनाएको छ ।

प्रतिक्रिया