वातावरणमैत्री अभ्यास आपनाउन सोसेकको अपिल

काठमाडौँ – सोसेक नेपालले आफ्ना दैनिक अभ्यासमावातावरणमैत्री अभ्यास आपनाउन अपिल गरेको छ । हरे वर्ष जुन ५ तारिकका दिन मनाइने विश्व बातावरण दिवस २०८२ को अवसरमा एक विज्ञप्ति जारी गर्दै आफ्ना दैनिक अभ्यासहरुमा बातावरण मैत्री अभ्यास अपनाउन अपिल गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “विश्व वातावरण दिवस प्रकृति संरक्षणप्रतिको हाम्रो प्रतिबद्धता जनाउने महत्वपूर्ण अवसर हो। यो दिवस हामीलाई व्यक्तिगत तथा सामूहिक रूपमा वातावरण संरक्षणतर्फ उन्मुख गराउने प्रेरणा हो ।”
सोसेक नेपालले हरेक वर्षझैँ यस पटक पनि विभिन्न विद्यालयका वाल क्लबहरू र स्थानीय समुदायको सहभागितामा विविध कार्यक्रमहरू आयोजना गर्दै वातावरणीय चेतनालाई अभिवृद्धि गर्ने प्रयास गरिरहेको जनाएको छ ।
संस्थाले वातावरण संरक्षणलाई एक दिनको औपचारिकता नभई दीर्घकालीन अभियानका रूपमा अघि बढाइरहेको स्पष्ट पारेको छ ।
संस्थाले विगतदेखि नै जल, जंगल, जमिनको संरक्षण, फोहोर व्यवस्थापन, हरियाली प्रवर्द्धन, र जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि जस्ता कार्यहरूमा निरन्तर सक्रियता देखाउँदै आएको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले जानकारी दिए । “प्रकृति जोगाउने जिम्मेवारी हाम्रै हो । यसको सुरुआत विद्यालयका वाल क्लब र समुदायबाटै गर्नुपर्छ,” थापाले भन्नुभयो ।
प्रतिक्रिया