वातावरण दिवसको अवसरमा चिनारीमा सरसफाई तथा वृक्षरोपण

कालिकोट – विश्व वातावरण दिवसको अवसरमा कालिकोटको खाडाचक्रमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा कालिकोटमा संचालित आधार परियोजनाको आयोजना र खाडाचक्र नगरपालिका वडा नम्बर – १ को समन्वयमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको हो । खाडाचक्र नगरपालिका–१ स्थित चिनारी आधारभूत विद्यालयमा उक्त कार्यक्रम गरिएको हो ।
“प्लास्टिक प्रदूषण अन्त्य गरौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मन्सोभा शाहीको अध्यक्षता, युवा क्लब र महिला सञ्जालको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमअन्तर्गत विद्यालय वरिपरि सरसफाई गरिनुका साथै वृक्षरोपण समेत गरिएको थियो । सहभागीहरूले प्लास्टिकजन्य फोहोरले वातावरणमा पार्ने नकारात्मक असरबारे चर्चा गर्दै पर्यावरण संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।
उक्त सरसफाई तथा वृक्षारोपण कार्यक्रममा चिनारी आधारभूत विद्यालयका प्रधानाध्यापक मनसोभा शाहीको अध्यक्षतामा युवाक्लब,महिला संज्याल को उपस्थितिमा सम्पन्न भएको छ ।
प्रतिक्रिया