विदेशी पाहुनाहरूद्वारा हिमालय मावि भ्रमण

सुझाव कार्यान्वयन गर्ने विद्यालयको प्रतिबद्धता

विदेशी पाहुनाहरूद्वारा हिमालय मावि भ्रमण

दैलेख -  दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका –१ स्थित श्री हिमालय माध्यमिक विद्यालयमा जेठ २३ गते विदेशी पाहुनाहरूको उपस्थितिमा विशेष अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिएको छ ।

अष्ट्रेलियालगायत विभिन्न देशबाट आएका पाहुनाहरूले विद्यालयका शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षको अवलोकन गर्दै महत्वपूर्ण सुझावहरू दिएका थिए ।

प्रधानाध्यापक हर्क विकका अनुसार, प्राप्त सुझावहरू विद्यालयले पूर्णरूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । कार्यक्रममा सहभागी टिम तथा विदेशी पाहुनाहरूलाई विद्यालयले आभार प्रकट गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने जानकारी दिएको छ।

प्रतिक्रिया