स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

स्कटल्यान्डसँग नेपाल २ रनले पराजित

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार भएको खलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो ।

स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ३२१ रन मात्र बनाउन सक्यो् । नेपालका भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउन सफल भएका छन।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो । नेपालले शृंखलाको अन्तिम खेल नेदरल्यान्ड्ससँग मंगलबार खेल्नेछ।

प्रतिक्रिया