ठाटीकाँधका सूर्योदय र कालिकामा सरसफाई सम्बन्धी छलफल कार्यक्रम

दैलेख – दैलेखको ठाटीकाँध गाउँपालिका–६ स्थित श्री सूर्योदय आधारभूत विद्यालय लामामेलामा सरसफाई सम्बन्धी छलफल गरिएको छ। त्यस्तै, ठाटीकाँध–२ सेरिपाटा स्थित कालिका आधारभूत विद्यालयमा सिकाइमा सहजीकरणसँगै सरसफाई विषयक छलफल गरिएको हो ।
एआईएन लक्जेम्बर्गको साझेदारीमा सोसेक नेपालद्वारा ठाटीकाँधमा सञ्चालित ूसहकार्य परियोजनाू अन्तर्गत विद्यालयसँगको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूसँग सरसफाई, स्वास्थ्य, र स्वच्छ विद्यालय परिवेशबारे खुला छलफल गरिएको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले सरसफाईप्रतिको जिम्मेवारी र व्यवहारिक अभ्यासका बारेमा सिक्ने अवसर पाएका थिए । स्थानीयस्तरमा सरसफाई र स्वच्छताका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
प्रतिक्रिया