दैलेखमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दैलेखमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

दैलेख - दैलेखको नारायण नगरपालिकाको आयोजनामा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ। खेलकुदको माध्यमबाट युवामा ऊर्जा, एकता र नेतृत्व विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सुरु गरिएको हो।

उद्घाटन समारोहमा नारायण नगरपालिकाका प्रमुख, जनप्रतिनिधिहरू, स्थानीयवासी तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न टोल तथा वडाबाट पुरुष र महिला टिमहरूले सहभागिता जनाएका छन् ।

प्रतियोगिता केही दिनसम्म चल्नेछ भने अन्तिम दिन विजेता टिमलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएका छन् । नारायण नगरपालिकाका प्रमुखले खेलकुद गतिविधिले सामाजिक एकता तथा युवाको विकासमा टेवा पुग्ने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे

प्रतिक्रिया