दैलेखमा जग्गा विवादले लियो ज्यान, एक परिवारका तीन जना पक्राउ

दैलेख - दैलेखको भैरवी गाउँपालिका–६ कुर्माकोटमा जग्गा विवादका क्रममा भएको झडपमा रामबहादुर हमाल (५१) को मृत्यु भएको छ । धारिलो हतियारबाट गम्भीर घाइते भएका उनलाई सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल लैजाँदै गर्दा निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।
घटनामा संलग्न रहेको अभियोगमा एकै परिवारका तीन जना—कुलबहादुर सिंह (४२), कुलबहादुरकी श्रीमती मनिषा सिंह (३८) र छोरा सुरेन्द्र सिंह (२२) लाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
मृतक रामबहादुर र अभियुक्त कुलबहादुर सहोदर जेठान–जुवाई हुन् । कुलबहादुर १६ वर्षअघि हुलाकी हत्या अभियोगमा जन्मकैद सजाय पाएर आधा सजाय माफीपछि दुई वर्षअघि मात्र जेलमुक्त भएका थिए । हाल उनी माइती गाउँ कुर्माकोटमै बसोबास गर्दै आएका थिए।
पक्राउ परेकाको परिवारमा अहिले १९ वर्षीया छोरी र १७ वर्षे छोरा मात्र घरमा रहेका छन्।
प्रतिक्रिया