धर्मभक्तमा बाल क्लब गठन, सरसफाई र वातावरणप्रति सचेतना अभिवृद्धि

दैलेख – दैलेखको ठाटीकाँध गाउँपालिका -२ मा रहेको श्री धर्मभक्त आधारभूत विद्यालयमा बालबालिकाको नेतृत्व विकास र सरसफाईप्रतिको चेतना अभिवृद्धिका लागि नयाँ बाल क्लब गठन गरिएको छ।
एईआइएन लक्जेम्बर्गको साभेदारीमा ठाटीकाँध गाउँपालिकामा सोसेक नेपालद्वारा संचालित सहकार्य परियोजनाको सहजीकरणमा सरसफाईप्रतिको चेतना अभिवृद्धिका लागि नयाँ बाल क्लब गठन गरिएको हो ।
कक्षा ४ र ५ का विद्यार्थीलाई एकैसाथ राखी सजीव र निर्जीव विषयमा आधारित बाल गीतमार्फत विद्यार्थीहरूको ध्यान आकर्षण गरी सरसफाईसम्बन्धी समूह छलफल कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा विद्यालयका शिक्षक श्री शुशिल बिकको अध्यक्षतामा ११ सदस्यीय बाल क्लब गठन गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
कार्यक्रममा बालबालिकाले दैनिक व्यवहारमा अपनाउनु पर्ने सरसफाईका बानीबारे प्रस्तुति दिएका थिए भने शिक्षकहरूले सरसफाईले स्वास्थ्य र वातावरणमा पार्ने प्रभावबारे जानकारी गराएका थिए ।
बाल क्लब गठनसँगै विद्यालयले बालमैत्री सिकाइ वातावरण निर्माण गर्न अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया