लोपोन्मुख बाली संरक्षणमा जुट्दै चन्दननाथका महिला

जुम्ला – चन्दननाथ नगरपालिका वडा नम्बर ९ मा रहेको देउती सक्रिय महिला कृषक समूहले लोपोन्मुख स्थानीय खाद्य तथा नगदे बालीको संरक्षण र प्रवद्र्धनमा विशेष जोड दिएको छ ।
विगतमा कृषकहरूले लगाउँदै आएका धान, गहुँ, मकै, कोदो, फापर, चिनो र कागुनो जस्ता बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन । बजारमा यी बालीहरूको राम्रो मूल्य (प्रति केजी २३) रुपैयाँ) पाउन थालेपछि कृषक समूहले यसमा विशेष चासो देखाएको छ ।
चन्दननाथ नगरपालिका जुम्ला जिल्लामा पर्ने र यहाँका मुख्य खेतीहरू धान, मकै, कोदो, सिमी, फापर, चिनो र कागुनो हुन । विगतमा कृषकहरूले यी बालीहरू लगाउँदै आएका थिए र हाल पनि केही मात्रामा यसको खेती भइरहेको छ । तर, चिनो, फापर र कागुनो जस्ता बालीहरू भने लोप हुँदै गएको अवस्थामा रहेको देउती सक्रय महिला कृषक समूहकी अध्यक्ष बिष्णु भण्डारीले बताउनुभयो ।
देउती सक्रिय महिला कृषक समूहले यी लोप हुँदै गएका बालीहरूलाई प्राथमिकतामा राखेर पुनरुत्थान गर्ने लक्ष्य लिएको उहाँको भनाई छ ।
एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा जुम्लामा संचालित बिहानी परियोजनाको सहयोगमा देउती सक्रिय महिला कृषक समूहले तरकारी खेतीमा पनि सहयोग गर्दै आएको छ । काउली, मुला, फर्सी, तिते करेला, काँक्रो, बन्दा र टमाटर जस्ता तरकारीका बीउहरू कृषकहरूलाई वितरण गरिएको समूहले जनाएको छ ।
समूहले चन्दननाथ नगरपालिकाका छ वटा वडामा काम गरिरहेको छ । प्रत्येक वडामा १८ जनाका दरले कुल १०८ जना कृषकहरू संलग्न छन । यसमध्ये १८ जनालाई व्यवसायिक खेतीका लागि सहयोग वितरण गरिएको छ भने ३० जनालाई करेसाबारीका लागि सहयोग पुर्याइएको समूहकी अध्यक्ष विष्णुदेवी भण्डारीले जानकारी दिनुभयो ।
कृषक समूहका अध्यक्ष भण्डारीले भन्नुभयो, ‘चिनो, फापर र काँगुनो खेती लगाउने उपयुक्त समय भएको र यी बालीहरू हराउँदै गएकाले यसपालि प्राथमिकतामा राखिएको हो ।’
लोप हुँदै गएका चिनो, फापर, कागुनो जस्ता बालीहरूलाई पुनर्जीवन दिँदै कृषकहरूको आयस्तर वृद्धि गर्न र खाद्य सुरक्षामा योगदान पु¥याउनु देउती सक्रिय महिला कृषक समूहको मुख्य उद्देश्य रहेको छ । बजारमा यी बालीहरूको राम्रो मूल्य पाइनुले कृषकहरूलाई यसको खेतीमा थप प्रोत्साहन मिलेको छ ।
स्थानीय स्तरमै उत्पादन बढाएर बजारको माग अनुसार नगदे बालीको प्रवद्र्धन गर्न सकेमा महिला कृषकको आयआर्जनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया