बालअधिकार र मनोसामाजिक चेतना सम्बन्धि कार्यक्रम सम्पन्न

बालअधिकार र मनोसामाजिक चेतना सम्बन्धि कार्यक्रम सम्पन्न

दैलेख –   दैलेखको ठाटीकाँध गाउँपालिका –३ धामीगाउँमा रहेको  रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बालअधिकार र मनोसामाजिक चेतना सम्बन्धि कार्यक्रम गरिएको  छ ।

एइआईन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरणमा असार ८ गते बालअधिकार र मनोसामाजिक विषयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम शिक्षक संघको समन्वयमा कक्षा ८, ९ र १० का ३१ जना विद्यार्थी सहभागी गराई सञ्चालन गरिएको हो ।

कार्यक्रममा बालअधिकार के हो भन्ने विषयमा प्रारम्भिक जानकारी दिइयो। सहभागीहरूसँग बालअधिकारसम्बन्धी महासन्धिका चारवटा आधारभूत सिद्धान्त—जीवन, विकास, सहभागिता र संरक्षण—बारे छलफल गरिएको थियो । साथै, ‘मर्यादित महिनावारी’को अवधारणा र यससँग सम्बन्धित व्यवहारिक, सामाजिक र स्वास्थ्य पक्षबारे पनि संवाद गरिएको सहकार्य परियोजनाले जनाएको छ ।

कार्यक्रमको अर्को खण्डमा मनोसामाजिक समस्याको अर्थ, प्रभाव र समाधानका उपायबारे विस्तृत चर्चा गरिएको थियो । मनोसामाजिक समस्याले कसरी व्यक्तिको मानसिक अवस्था, शारीरिक स्वास्थ्य, व्यवहार तथा पारिवारिकरसामाजिक सम्बन्धमा असर पार्न सक्छ भन्नेबारे विद्यार्थीहरूलाई उदाहरणसहित जानकारी दिइएको थियो ।

कार्यक्रममा सहभागी ३१ जना मध्ये १६ जना बालिका र १५ जना बालक थिए । सहभागीहरूले मनोसामाजिक समस्याबारे खुलेर कुरा गर्न पाएको भन्दै कार्यक्रम उपयोगी भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया