मालिका मावि ठाटीकाँधमा बाल क्लब गठन

मालिका मावि ठाटीकाँधमा बाल क्लब गठन

दैलेख  –  दैलेखको ठाटीकाँधस्थित श्री मालिका माध्यमिक विद्यालय, पाँचला–६ मा विद्यालयस्तरीय बाल क्लब गठन गरिएको छ ।  एइआइएन लक्जेम्बर्गको साझेदारीमा ठाटीकाँधमा संचालित सहकार्य परियेजनाको सहजीकरणमा कक्षा ६ देखि १० सम्मका छात्रछात्राको सक्रिय सहभागितामा “श्री मालिका सचेत बाल क्लब” को गठन गरिएको हो।

बाल क्लब गठन प्रक्रिया सहजकर्ता शिक्षक मानबहादुर शाहीको सहजीकरणमा सम्पन्न भयो भने प्रधानाध्यापक धीर बहादुर शाहीको प्रेरणादायी साथ रहेको थियो । बाल अधिकार, नेतृत्व विकास, र विद्यालय वातावरण सुधारमा विद्यार्थीको भूमिकालाई सक्रिय बनाउने उद्देश्यले क्लब गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ।

सहजकर्ता शिक्षक मानबहादुर शाहीका अनुसार, “बाल क्लबले विद्यालयभित्र अनुशासन, सरसफाइ, सिर्जनशील क्रियाकलाप, बालअधिकारको संरक्षण, तथा विद्यार्थीबीच सहकार्य र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।”

विद्यालयका प्रधानाध्यापक धीर बहादुर शाहीले बाल क्लब गठनलाई विद्यार्थी नेतृत्व विकासतर्फको सकारात्मक कदम भन्दै निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

बालक्लब समितिको विवरण यस प्रकार छ

तपसिल

अध्यक्ष : जनक थापा 
उपाध्यक्ष : स्वस्तिका थापा 
सचिव: जनक रोकाया
कोषाध्यक्ष :  शिला भण्डारी 
सदस्य  :     जीवन शाहि 
                एलिजा बडुवाल
                सुजल थापा 
                 प्रमिस शाही 
                 सिर्जना थापा 
                जनक बडुवाल
                मीना बिक 
                रोशन बडुवाल 
                सन्दीप बुढा 
              भावना बुढा 
              उमेश रामजाली 
                शान्ति शाही
 

 

 

प्रतिक्रिया