खाडाचक्रमा महिला सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न

बाल हेल्पलाइनबारे जानकारी र नेतृत्व विकासमा जोड

खाडाचक्रमा महिला सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न

कालिकोट  –  कालिकोटको खाडाचक्र नगरपालिका–३ मा महिला सशक्तिकरण विषयक कार्यक्रम सम्पन्न भएको छ ।

एईआइएन लक्जेम्बर्गको साझेदारी सोसेक नेपालद्वारा कालिकोटमा संचालित आधार परियोजनाको सहजीकरणमा महिला सञ्जाल भेटघाट तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको आयोजना सिर्जनशिल महिला सञ्जाल समूहले गरेको हो ।

समूहकी अध्यक्ष  बिष्णादेवी पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा टोल–फ्रि नम्बर १०९८ मार्फत सञ्चालन हुने 'बाल हेल्पलाइन' सम्बन्धी जानकारी, महिला हक–अधिकार, लैङ्गिक समानता, र स्थानीय तहमा महिलाको नेतृत्व विकासका विषयमा गहन छलफल गरिएको बताइएको छ  ।

कार्यक्रममा सहभागी महिलाहरूलाई बालबालिका सम्बन्धी हुने हिंसा, शोषण र अन्यायको विरुद्धमा कसरी बाल हेल्पलाइनमार्फत सहयोग लिन सकिन्छ भन्ने जानकारी दिइएको आधार परियोजनले जनाएको छ । त्यस्तै महिलाहरूलाई समाजमा निर्णय प्रक्रियामा अग्रसर भएर नेतृत्व लिनुपर्ने आवश्यकताबारे समेत प्रेरणा दिइएको थियो ।

स्थानीय सरकार, परियोजना प्रतिनिधि, र महिला समूहबीचको समन्वयमा भएको यस कार्यक्रमले समुदायस्तरमै महिला सशक्तिकरण र बालबालिका सुरक्षाप्रतिको चेतना अभिवृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।


 

प्रतिक्रिया