बाहाकोटमा बालअधिकार र मनोसामाजिक समस्या सम्बन्धि छलफल

दैलेख – ठाटीकाँध गाउँपालिका ३ मा रहेको श्री भवानी माध्यमिक विद्यालय बाहाकोटमा बालअधिकार र मनोसामाजिक समस्या सम्बन्धि छलफल सम्पन्न भएको छ ।
एईआइएन लक्जेम्बर्गको साभेदारी सोसेक नेपालद्वारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनाको सहजीकरण र शिक्षक संघको समन्वयमा कक्षा ९ र १० का ५४ जना बालबालिकाको सहभागितामा बालअधिकार, मर्यादित महिनावारी र मनोसामाजिक समस्या सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बालअधिकार के हुन् र तिनका महासन्धिका आधारभूत सिद्धान्तहरूबारे विस्तृत जानकारी प्रदान गरियो। साथै, मर्यादित महिनावारीको महत्त्व र स्वच्छता सम्बन्धि सचेतना अभिवृद्धि गरिएको सहकार्य परियोजना ठाटीकाँधले जनाएको छ ।
छलफलमा मनोसामाजिक समस्या भनेको के हो भन्ने विषयमा विशेष ध्यान दिँदै, यसले मानिसको मन, शरीर, व्यवहार र सम्बन्धमा पार्ने असरहरूबारे बिस्तृत छलफल गरियो। सहभागीहरूलाई मन, शरीर, व्यवहार र सम्बन्धमा देखा पर्ने असरहरू कसरी एकआपसमा जोडिएको हुन्छन् भन्ने बारेमा बुझाइ गराइएको थियो ।
कार्यक्रममा ३५ जना बालिका र १९ जना बालक गरी कुल ५४ जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए ।
प्रतिक्रिया