भैरवीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न

भैरवीमा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग नियन्त्रण शिविर सम्पन्न

दैलेख- दैलेखको भैरबी  गाउँपालिका भित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाइएको छ । गाँउपालिका भित्र छाडा रुपमा रहेका वा घरपालुवा सामुदायिक कुकुरहरुको संख्या न्यूनीकरण गर्नका लागि गाउँपालिकाले कुकुरहरुको बन्ध्याकरण गर्ने कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने जनाएको छ ।

कुकुरको टोकाइबाट रेबिज  रोग लाग्न  बाट बच्नको लागि  कुकुर जनसंख्या नियन्त्रण गर्न सामुदायिक तथा निजी कुकुर बन्ध्याकरण २ दिने शिबिर भैरबी गाउँपालिकामा सम्पन्न भएको छ । भैरवी गाउँपालिकाको आयोजना तथा होराइजन भेड क्लिनिक एण्ड पेट शप नेपालगञ्जको प्राविधिक सहयोगमा कुकुर बन्ध्याकरण शिविर असार १० र ११ गते गरी २ दिन शिविर सञ्चालन भएको थियो । उक्त शिबिरमा जम्मा ७६ वटा कुकुरहरू मध्ये भाले कुकुर ४७ र पोथी कुकुर २९ वटालाई बन्ध्याकरण सेवा प्रदान गरियो साथै  प्रत्येक कुकुरलाई रेबिज रोग विरुद्ध खोप पनि लगाइएको छ् ।

शिविरको भैरवी गाउँपालिका अध्यक्ष रीता शाही,उपाध्यक्ष देवि भण्डारी लगायतको उपस्तितिमा उद्घाटन गर्नुभएको थियो  ।  यसले रोगको नियन्त्रणमा पनि सहयोग पुर्याउँछ । बन्ध्याकरण भएका कुकुरहरूमा केही रोग 'जस्तै प्रजनन अंग सम्बन्धी क्यान्सर' को सम्भावना घट्नुको साथैै, नियन्त्रणमा आएको कुकुरबाट रेबिज जस्ता रोग पनि कम हुने भैरवी गाउँपालिका पशुपन्छी  विकास शाखा प्रमुख डा.रंजन  सिंह कुशवाहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया